Shikhar Insurance
National Life

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढ्यो, ३ अर्ब रूपैयाँ चुक्ता पुँजी

१५% लगानीको थ्रेस होल्ड
सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढेको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले ३ अर्ब चुक्ता पुँजी रहने गरि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने गरि नियमावली संसोधन गरि अर्थमन्त्रालय पठाएको हो । आगामी मन्त्रिपरिषद बैठकमा पेश गरि पास गर्ने तयारी सहित नियमावली अर्थमन्त्रालय पुगेको हो । बोर्ड बैठकले बिहिबार धितोपत्र बजार सञ्चानलन नियमावली, २०६४ संसोधन गरेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार अब स्थापना हुने स्टक एक्सचेञ्ज कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनेछ । हाल ५ करोडमा स्टक एक्सचेञ्ज खोल्न पाइने व्यवस्था थियो । नयाँ स्टक एक्सचेञ्जमा निजी कम्पनीहरुले समेत लगानी गर्न पाउनेछन् र त्यस्तो कम्पनीको हकमा अधिकतम लगानीको सिमा १५ प्रतिशतसम्म हुन सक्ने व्यवस्था छ । हालसम्म नयाँ स्टक एक्सचेञ्जमा एउटा कम्पनीको लगानी १० प्रतिशतसम्म मात्रै हुन पाउने व्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समिति र नेपाल राष्ट्र बैंकको नियम अनुसार नै धितोपत्र बोर्डले पनि लगानीको थ्रोस होल्ड १५ प्रतिशत बनाएको अध्यक्ष हमालले जानकारी दिए । मन्त्रिपरिषद बैठकले पास गरेपछि बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाउनेछ । नेपालमा नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने माग लामो समयदेखि उठिरहेको थियो ।

अर्काे एउटा स्टक एक्सचेञ्ज अनिवार्य देखियो

‘नयाँ एक्स्चेन्ज र ब्रोकरलाई लाइसेन्स आवश्यक भएमात्र दिन्छु’ (अन्तर्वार्ता)

‘नेप्सेले भन्दा राम्रो सेवा र नयाँ मार्केट खोज्ने सर्तमा अर्काे स्टकलाई लाइसेन्स दिँदा हुन्छ’

नयाँ स्टक एक्सचेञ्जबारे नेप्से प्रबन्धकः ‘न्यु स्टक एक्सचेञ्ज डेफिनेट्ली चाहिन्छ,आई वेलकम इट’

१० अर्ब चुक्ता पुँजी राखेर ६ महिनाभित्रै नयाँ स्टक एक्सचेञ्ज आउनुपर्छ

‘सरकारी स्टक एक्सचेञ्जलाई चुस्त बनाउन भएपनि ५ अर्ब निजी लगानीको नयाँ स्टक ल्याउनु पर्छ’

नयाँ स्टक एक्सचेञ्जको चौतर्फी माग, यसो भन्छन् लगानीकर्ता, विज्ञ र विशेषज्ञ

GBIME

प्रतिक्रिया दिनुहोस्