Shikhar Insurance
National Life

‘रेमिट्यान्स निक्षेपमा गलत अभ्यास गर्नेलाई कारवाही गछौं’–डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०७९ भाद्र १८, शनिबार १९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले रेमिट्यान्स निक्षेपका नाममा बदमासी गर्ने बैंकलाई कारवाही गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिज र नबिल बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले रेमिट्यान्स डिपोजिटमा केही बैंकहरुले गतल अभ्यास गर्दै स्वदेशी निक्षेपलाई पनि रेमिट्यान्स निक्षेप भन्दै बढी ब्याजदर दिने गरेको पाइएकोले त्यस्ता संस्थालाई कारवाही गर्ने बताएका हुन् । उनले एउटा स्रोतको निक्षेपलाई अर्कै स्रोतको निक्षेप मानेर स्वीकार गर्ने अभ्यास रोक्न राष्ट्र बैंकले आवश्यक नीति बनाउने पनि बताए ।

ब्याजदरको सन्दर्भमा बैंकहरु केही भ्वाइलेन्स भएका देखिन्छन्, संस्थागत निक्षेपलाई व्यक्तिगत भन्ने, साधारणलाई रेमिट्यान्स भन्दै बढी ब्याजदर दिएको गुनासो आएका छन् । जथाभावी ब्याजदर तलमाथि गर्ने बैंकलाई कारवाही हुन्छ । हामी अध्ययन गरेर कारवाहीको प्रक्रिया अघि बढाउँछ । राष्ट्र बैंकले निर्देशन विपरित काम गर्ने जो कोहीलाई ऐनले उल्लेख गरेको कारवाही गर्न पछि हट्दैन ।’– कार्यक्रममा डेपुटी गर्भनर मिश्रले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा उनले राष्ट्र बैंकमाथि जिम्मेवारी बढेको उल्लेख गर्दै बैंकर्सहरुले समेत केन्द्रीय बैंकद्वारा जारी नीति निर्देशनहरुमा ‘लुप होल’ नखोज्न निर्देशन दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्