Shikhar Insurance
National Life

नेप्सेले गर्यो ४९ कम्पनीको सेयर कारोबार रोक्का, १७ वटालाई ‘डिलिस्टिङ’ गरिँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४९ वटा सूचीकृति कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सम्बन्धित कम्पनीको आग्रहसँगै बदमासी गर्ने र सूचीकृत भएर लामो समयसम्म कारोबार नगर्ने कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

हाल नेप्सेमा कारोबार रोक्का र ‘डिलिस्टेड’ सहित गरी ३ सय ९५ कम्पनीहरु सूचीकृति भइसकेका छन् । जसबाट नेप्सेले १ सय ५५ कम्पनीलाई डिलिस्टिङ गरिसकेको छ भने ४९ वटाको कारोबार रोक्का गरेको छ । पछिल्लो तथ्यांकअनुसार सूचीकृत कम्पनी मध्ये १ सय ९१ वटा कम्पनीको मात्रै सेयर कारोबार गर्न मिल्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेले कारोबार रोक्का गरेको कम्पनीहरुमा अधिकांश मर्जर तथा प्राप्तकिो प्रक्रियामा रहेका कम्पनीहरु छन् । जसमा ८ वटा जसमा बीमा कम्पनी, ८ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा वाणिज्य बैंक, ५ वटा फाइनान्स कम्पनी र ५ वटा माइक्रोफाइनान्स कम्पनीहरु हुन् । उल्लेखित कम्पनीहरुको सेयर कारोबार नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने भाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को व्यवस्था अनुसार मर्जरको सम्झौता पछि कारोबार रोक्का गरेको हो ।

मर्जर तथा प्राप्तीको सम्झौता गरेपछि सूचीकृत कम्पनी सम्बन्धित नियामक निकायमा स्वीकृतिको लागि आवेदन दिनुकका साथै नेप्सेमा पनि कारोबार रोक्काको लागि पत्र पठाउँछन् । सम्बन्धित कम्पनीबाट पत्र प्राप्त भएपछि नै नेप्सेले मर्जर तथा प्राप्तीको प्रक्रियामा रहेका कम्पनीको सेयर कारोबार एकिकृत कारोबार शुरु भएर सम्बन्धित कम्पनीले फुकुवाको लागि पत्रचार नगर्दासम्म रोक्का राख्ने गरेको छ ।

पछिल्लो पटक नेपाल धितोपत्र बोर्डले भने मर्जर तथा प्राप्तीको प्रक्रियामा रहने कम्पनीहरुको सेयर कारोबार १५ दिनमात्रै रोक्का राख्ने व्यव्स्था गरेको छ । सोको कार्यन्वयको लागि बोर्ड निर्देशिका समेत तयार गरिसकको छ । तर, नेप्सेले कारोबार रोक्का गरेको ४९ कम्पनीमध्ये उत्पादन तथा प्रशोधन समुहतर्फका १३ वटा, व्यापार समुहका २ वटा, होटल र अन्य समुहका १/१ वटा गरी १७ वटा कम्पनीको सेयर कारोबार भने नेप्सेले स्यम रोक्का गरेको हो । यी कम्पनीहरु नेप्सेमा सूचीकृत भएर लामो समयसम्म सम्पर्कमा नआएको र सूचीकरण शुल्क समेत नबुझाएको हुँदा कारोबार रोक्का गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।

‘मर्जर र प्राप्ती बाहेक केही कम्पनीहरु सूचीकरण वापतको शुल्क नबुझाउँदा पनि कारोबार रोक्कामा पर्छन् भने केही अप्रेशन नै रोकिएर कारोबार गर्न नसक्ने कम्पनी पनि नै गर्न नसक्ने कम्पनीहरको कारोबार रोक्का भएको छ,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘नियमित कारोबार गर्न नसक्ने कम्पनीहरुलाई अब ‘डिलिस्टेड’ प्रक्रियामा शुरु गरिन्छ ।’

नेप्सेले सूचीकृति कम्पनीहरुमध्ये सम्पर्कमै नरहेका र मर्जर तथा प्राप्तीमा गएर अस्थित्व गुमाएका १ सय ५५ कम्पनीलाई डिलिस्टङ गरिसकेको उनले जानकारी दिए । हाल कारोबार रोक्का गरिएका कम्पनीहरुमध्ये पनि धेरै पुराना कम्पनीहरु सम्पर्कमै नरहेका दर्जन बढी कम्पनीलाई नेप्सेले सूचीकरणबाट हटाउने तयारी गरेको उनले बताए ।

‘कतिपय अस्थित्वमै नरहेका कम्पनीहरु पनि छन्, कारोबार रोक्का गरी पहिलो चरणमा ती कम्पनीहरुलाई पत्र पठाएर कारोबार नगर्नुको कारण सोधिन्छ र सूचीबाट नहटाउनु पर्ने कारण माग हुन्छ,’ उनले थपे, ‘राज्यलाई कर नतिर्नेे, फार्म अडिट नगर्ने कम्पनीहरु जो कारोबारमा आउँनै सक्दैनन् भने सूचीकृतमा राखेर मात्रै काम हुँदैन ।’
नेप्सेमा सूचीकृत मध्ये उत्पादन तथा प्रशोधन समुह अन्तरगर्तका कम्पनीहरु धेरै डिलिस्टिङ गर्नु पर्ने सूचीमा रहेको उनको भनाइ छ ।

नेप्सेले उत्पादन तथा प्रशोधन समुहका हरिसिद्धि ब्रिक, नेपाल खाद्य कम्पनी, रघुपति जुट मिल्स, बुटवल स्पिङ मिल्स, गोर्खा रबर उद्योग, अरुण बनस्पति, श्री भृकृटी, श्री राम सुगर मिल्स लगायत १३ वटा कम्वनी, व्यापार समुहको नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनी, अन्य समुहको नेपाल फिल्म डेभलपमेन्ट कम्पनी र होटल समुहको याक एण्ड यति होटललाई सूचीकरणबाट हटाउने तयारी गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्