Shikhar Insurance
National Life

७० कम्पनीलाई नेप्सेको ७ दिने अल्टिमेटमः नोटिस निकाल्दै भन्यो ‘भनेकाे मान्ने कि कारोबार राेकाैं’

कम्पनी सूची सहित
सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नियमानुसार काम नगर्ने कम्पनीहरुलाई ७ दिने ‘अल्टिमेटम’ दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई तोकिएको समयमा वार्षिक तथा त्रैमासिक वित्तीय विवरण बुझाउन भनेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ परिच्छेद ५ को बुँदा नम्बर १६ मा गरिएको व्यवस्था अनुसार संगठित संस्थाले प्रत्येक त्रैमास र आर्थिक वर्ष समाप्त भएको १ महिना भित्र सो अवधिको काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेमा पेश गर्नुपर्छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई यस्तो विवरण विधुतीय प्रति आफ्नो युजर आइडीमार्फत् नेप्सेको नयाँ वेब साइटमा अपलोड गरी जानकारी गराउन सक्ने व्यवस्था गरेको छ । जसअनुसार नेप्सेमा सूचीकृति कम्पनीहरुले् साउन मसान्तसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बुझाई सक्नु पर्ने थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालसम्म नेप्सेमा २ सय ४० वटा कम्पनीहरु सूचीकृति छन् । नेप्सेद्वारा जारी विनियमावलीको कार्यन्वयन गर्दै १ सय ७० वटा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण नेप्सेको वेब साइटमा अपलोड गरिसकेका छन् । सूचीकृति कम्पनीमध्ये ७० वटाले भने विनियमावलीमा उल्लेखित समय सकिएको १७ दिन बितिसक्दा पनि वित्तीय विवरण नेप्सेको वेब साइटमा अपलोड गरेका छैनन् ।

यी कम्पनीहरुलाई इंगित गर्दै नेप्सेले आफ्नो वेब साइटमा नोटिस जारी गर्दै तोकिएको समयमा वित्तीय विवरण पेश नगरे आवश्यक कारवाही गर्ने उल्लेख गरेको छ । नोटिस जारी गरिएको मितिले ७ दिनभित्रै विनियमावलीमा उल्लेखित बाँकी रहेको वित्तीय विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिइएको नेप्सेका कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीले बताए ।

‘सूचीकृत कम्पनीहरुलाई विनियमावलीमा उल्लेखित व्यवस्थालाई पालना गराउने काम नेप्सेको हो, वित्तीय विवरण पेश गर्ने समय ७ दिनको दिइएको छ, तोकिएको समयमा पेश नगर्ने कम्पनी कारवाहीमा पर्छन्,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘यो विषयमा अहिलेसम्म चुप लागेको नेप्से अब नियम पालना गराउन कारोबार रोक्ने प्रक्रियामा अघि बढेको हो, कानुन अनुसारको कारवाही गर्नमा हामी पछि हट्दैनौं ।’

नेप्सेले हालसम्म उक्त विनियमावलीमा भएको व्यवस्था उल्लंघन गर्ने सूचीकृत कम्पनीहरुलाई कारवाही गरेको छैन । सूचीकृत कम्पनीहरुले पेश गरेको वित्तीय विवरणलाई ‘डिजिटल माध्यमबाट प्रमाणीकरण गरी नेप्सेले आफ्नो वेबसाइटमा अपलोड गर्छ । कुन कम्पनीले कहिलेसम्मको वित्तीय विवरण पठाएको हो ? र नपठाउने कम्पनीहरुलाई ताकेता लगाउने काम हालसम्म नगरेको नेप्सेले अहिले भने विनियमावलीको व्यवस्था अनुसार डण्डा चलाउने भएको हो । नेप्सेमा सूचीकृत ११ समूहका ७० कम्पनीहरुले समयमै वित्तीय विवरण नबुझाएका हुन् ।

जसमा सबैभन्दा बढी जलविद्युत समुहका १८ वटा कम्पनीहरु छन् । साथै, नेप्सेलाई वित्तीय विवरण नबुझाउनेमा ४ वटा विकास बैंक, ४ वटा फाइनान्स कम्पनी, ११ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा अन्य समुहका कम्पनी, लगानीसम्बन्धि १ वटा, व्यापार समुहकका ३ वटा कम्पनी, निर्जीवन बीमा कम्पनी ४ वटा, ५ वटा जीवन बीमा कम्पनी र १६ वटा उत्पादन तथा प्रशोधन समुहका कम्पनीहरु छन् ।

यी कम्पनीहरु मध्ये मर्जर तथा प्राप्तीका प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार अघि नै रोक्का छ । भने, असार मसान्त आ साउन महिना साधारण सेयर जारी गरी सूचीकृत भएका कम्पनीहरुलाई भने वित्तीय विवरण पेश गर्न समय दिइने सीइओ कार्कीको भनाइ छ ।

‘वित्तीय विवरण नबुझाउनुका कारण निक्र्योल सुचना निकालेका हौं, तोकिएको समयमा विवरण पेश नगर्ने कम्पनीले त्यसको कारण स्पष्ट गरी पेश गर्नुपर्छ । स्पष्टिकरण मनासीव नलागे तोकिएका वर्ष र त्रैमासका वित्तीय विवरण प्राप्त नहुँदासम्म सेयर कारोबार रोक्का गन्छि ।’– उनले भने ।

मर्जर तथा प्राप्तीमा गएका कम्पनी र संस्था खारेजी नै भएका कम्पनी बाहेकका सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरण प्राप्त भएर नभएको एकिन गर्ने काम सुरु गरिएको उनले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्