काठमाडौं । राजश्व अनुसन्धान विभागले एक जना हुण्डी कारोबारी विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले विदेशी मुद्रा अपचलनको आरोपमा राजेश अग्रवाल विरुद्ध मुद्धा दायर गरेको हो ।
भारतको राजस्थान निवासी राजु अग्रवाल भनिने राजेन्द्र कुमारले इलेक्ट्रोनिक्स समानको व्यापार गर्ने भन्दै नरदेवीमा जय श्री खाटु इन्टरनेशनल नामको कम्पनी खोली हुण्डी कारोबार गर्दै आएका थिए ।
उनीबाट श्रोत नखुलेको ७४ लाख रुपैयाँ बरामद गरि विभागले थप अनुसन्धान गरेको थियो । थप अनुसन्धानका क्रममा अग्रवाल हुण्डी कारोबारमा संलग्न रहेको तथ्य प्रमाण फेला परेको भन्दै विभागले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्