Shikhar Insurance
National Life

११ प्रतिशत ब्याज पाइने कुमारीको डिबेञ्चरमा आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार ०८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकको डिबेञ्चरमा आवेदन खुलेको छ । बैंकले बार्षिक ११ प्रतिशत ब्याज दिने ३ अर्ब ३० करोड मूल्याको ऋणपत्र ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको हो ।

प्रति कित्ता एक हजार रुपैयाँ पर्ने डिबेञ्चरको ४० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ६० प्रतिशतले हुने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्तामा भने व्यक्तिगत तवरबाट आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशतले हुने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिन सकिन्छ भने ढिलोमा ३१ गतेसम्मको समय तोकिएको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्राप्त भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्