Shikhar Insurance
National Life

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र एलपी ग्यासको यथावत

सिंहदरबार संवाददाता
२०७९ भाद्र १६, बिहीबार २२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको छ । बिहिबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखेको छ ।
ट्रोलको मूल्य १८१ रुपैयाँ छ भने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमलाई अझै पेट्रोलमा २.८२ रुपैयाँ, डिजेलमा ११.१८ रुपैयाँ नोक्सानी रहेको छ । निगमले आगमी १५ दिनमा इन्धन कारोबारबाट थप ४८ करोड २४ रुपैयाँ नोक्सानी व्यहोर्नुपर्नेछ । मूल्य समायोजनपछि भने निगमले १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपर्नेछ ।

निगमले इण्डियन आयल कर्पाेरेशनलाई २२ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । निगमले नेपाल सरकारसँग ७ अर्ब र राष्ट्रिय बाणिज्य बैंकसँग ३ अर्ब रुपैयाँ ऋण लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्