काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित ४ वटा वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंक र विकास बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै सरकारले आयातमा पुर्णरुपमा बन्देज लगाएको मोबाइल, बाइक, गाडी र मदिराको एलसी नखोल्न निर्देशन दिएको हो ।
सरकारले बैशाख १३ गते राजपत्रमा सुचना निकालेर १० वटा वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्धित कुरकुरे, कुरमुरे, लेज र यस्तैखाले अन्य उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरी जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध कायम नै राखेको छ ।
सरकारको निर्णयलाई कार्यन्यवन गराउन राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा सम्बन्धित पक्षमा परिपत्र जारी गर्दै एलसी नखोल्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्