Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनको सेवा सुविधामा १०% छुट

सिंहदरबार संवाददाता
२०७९ भाद्र १५, बुधबार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सेवा सुविधा आदान प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई चितवनस्थित होटल जंगल क्राउन प्रालिमा विशेष छुट हुनेछ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्