Shikhar Insurance
National Life

सत्ता गठबन्धनले सिट बाडफाँट आज टुंगो लगाउने, कुन पार्टीलाई कति ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १५, बुधबार ०८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता गठबन्धन आवद्ध पाँच दलले आज सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेका छन् । सिट बाँडफाँटका लागि गठबन्धन आवद्ध दलहरुको संयुक्त बैठक बस्दैछ ।

साँझ पाँच बजे बस्ने गठबन्धनका शिर्ष दलहरुको बैठक अघि नै दलहरुले आ आफ्नो बटम लाइन तय गर्नेछन् । त्यसका लागि सत्ता साँझेदार दलहरुको आन्तरिक बैठक बस्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंसिर ४ को आम निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय साउन २० मै भएको थियो । ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटको खाका तय गर्ने जिम्मा दिईएको भए पनि त्यो असफल भएको थियो ।

कुन दललाई कति ?
काँग्रेसले प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ एक सय सिट मागेको छ । माओवादी केन्द्रले ६० सिट दावी गरेको छ । एकिकृत समाजवादीले पनि ४० सिट दावी गरेको छ । जनता समाजवादीले २० सिट मागेको छ भने राष्ट्रिय जनमोर्चाले २ सिट मागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्