Shikhar Insurance
National Life

गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो, अरुको खुल्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र १४, मंगलवार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले गाडी, रक्सी, मोटरसाइकल र मोबाइलको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यी चार वस्तुको आयातमा लगाईएको प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । यी चार बाहेकका अन्य वस्तुहरुको आयात भने खुला गरेको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डलर सञ्चिति घटेपछि सरकारले बैशाख १३ गतेदेखि १० बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धका कारण डलर सञ्चिति बढेर ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ जसले ६.९४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ ।

सरकारले बैशख १३ गतेदेखि आरम्भ गरेको आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्