Shikhar Insurance
National Life

एलआईसी नेपालले २ अर्ब ३४ करोड ६८ लाखको हकप्रद जारी गर्ने, बीमा समितिको ‘ग्रीन सिंग्नल’

सिंहदरबार संवाददाता
२०७९ भाद्र १४, मंगलवार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले १ः ०.८८४५१६८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनी चुक्ता पुँजी हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो पुँजीका आधारमा लगानीकर्ताहरुले अब २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर पाउनेछन् ।

एलआर्इसी नेपालमा ५५ प्रतिशत स्वामित्व एलआइसी इण्डियाको छ । २५ प्रतिशत लगानी बिशाल ग्रुपको छ भने २० प्रतिशत लगानी सर्वसाधारणको रहेको छ । एलआईसी इण्डियाको सञ्चालक समितिले हकप्रद सेयरका लागि रकम दिने निर्णय गरेमा एक अर्ब २९ करोड ७ लाख ४० हजार रुपैयाँ लगानी आउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समितिको ‘ग्रीन सिग्नल’
नेपालमा बीमा व्यवसाय प्रवर्द्धनमा बिशेष योगदान गरेको एलआईसी नेपाललाई बीमा समितिले छुट्टै प्रकृतिको कम्पनी मान्दै आएको छ । भारतीय जीवन बीमा निगम(एलआईसी)को बहुमत सेयर स्वामित्व रहेको एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्न बीमा समितिले ग्रीन सिग्नल दिएको छ ।

‘यो बिशेष प्रकृतिको कम्पनी हो, यसले विदेशी लगानी नेपाल भित्र्याउँछ, नेपालीहरुले खासै धेरै लगानी थप्नु पनि पर्दैन्, त्यसकारण हामी हकप्रद दिनेबारे सकारात्मक छौं ।’, बीमा समिति उच्च स्रोतले भन्यो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्