Shikhar Insurance
National Life

एनसीसी बैंकका ग्राहकले कर्णाली केयर हस्पिटलमा २५ प्रतिशतसम्म छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ भाद्र १४, मंगलवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसीसी बैंकका ग्राहकले सुर्खेतस्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका उप निर्देशक दिपक कुमार गौतमले छुट सम्बन्धी सम्झौत पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले हस्पिटलको डिलक्स क्याबिनमा २५ प्रतिशत, नर्मल क्याबिन र होलबडी चेकअपमा २० प्रतिशत, अपरेशनमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्रँहकले सीटी स्क्यान, एक्स रे, युएसजी, इको, इण्डोस्कोपी लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२५ वर्ष अघि स्थापित एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएमबाट सेवा प्रवाह गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्