Shikhar Insurance
National Life

३ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र १३, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार हुने दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । गत साताको बिहीबारदेखि निरन्तर दोहोरो अंकले घटेको नेप्से सोमबार भने झिनो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७७ अंकले बढेर ३८७.४६ को विन्दुमा बन्द भएको हो ।

सोमबार दिनभरीमा २२२ कम्प्नीको ३४ लाख ४० हजार ९ सय कित्ता सेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १११ कम्पनीको सेयर मूल्य बढेको छ । ७२ कम्पनीको घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ११ करोड २५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, अरुण काबेली पावरको ५ करोड ५५ हजार, हिमालयन डिस्टिलरीको ४ करोड २ लाख ४९ हजार, शिवम् सिमेन्टको ३ करोड ५८ लाख ४ हजार र रिडी पावर कम्पनीको ३ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ७.४८ प्रतिशतले बढेको छ । भने रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु ९ वटा बढेको छ । बढेको मध्ये सबैभन्दा बढी फाइनान्स समूह १.८९ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्