Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से ०.१० अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र १३, सोमबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ०.१० अंकले बढेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंकले घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार प्रिओपन सेसनमा १५ कम्पनीको २२० कित्ता सेयर १ लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य बढेको छ । भने, ८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

मानुशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी १.९९ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्