Shikhar Insurance
National Life

हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नारायणी डेभलपमेण्ट बैंक

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते आवेदन दिएको छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँका दरले २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्काशनको माग गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ ।
बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल रहेको छ ।

बैंकको असार ८ गते नै विशेष साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्