Shikhar Insurance
National Life

साताको पहिलो कारोबारकै दिन ३३ अंकले ओरालो लाग्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार १५:३५
Hyundai
NCELL
NIMB

काडमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत साताको बिहीबारदेखि निरन्तर घटेको नेप्से साताको पहिलो कारोबारको दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो । निरन्तर तिन दिन घट्दा नेप्से परिसूचक ६८ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार परिसूचक ३३.३६ अंकले ओरालो लागेर १९८९.२६ को विन्दुमा झरेको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेनसेटिभ इण्डेक्स पनि ६.०५ अंकले घटेर ३८५.७० को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार दिनभरीमा २२४ कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँमा खरिदक्रिी भए । सो दिन कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्य बढेको छ । १८२ कम्पनीको घटेको छ । भने, एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजार, अपि पावरको ६ करोड २२ लाख ४६ हजार, हिमालयन डिस्टिलरीको ६ करोड २० लाख ५३ हजार र रिडी पावर कम्पनीको ५ करोड ९४ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

राधि विद्युत् कम्पनीको सेयरधनीहरुले सबैभन्दा बढी ५.९० प्रतिशतले कमायका छन् । रुरु जलविद्युत परियोजनाको सेयर नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

समूहगत उपसूचक १२ वटा घटेको छ । भने, म्युचुअल फण्डमा लगानीकर्ताहरुको आर्कषण देखिएको छ । सो दिन म्युचुअल फण्ड ०.५३ प्रतिशतले बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्