Shikhar Insurance
National Life

पिपुल्स पावरको आईपीओ आज बाँडफाँड हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार १२:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपीओ आज (भदौ १२ गते ) दिउँसो २ बजे बाँफाँड हुने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले २४ लाख ६७ हजार ४ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गरेको कुल आईपीओ मध्ये २ प्रतिशत अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सामूहिक लगानी कोषका लागि बाँफाँड गरि बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि वितरण हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । यसअनुसार आवेदन दिने मध्ये २ लाख २९ हजार ४ सय ६८ जानले मात्रै सेयर पाउनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्