Shikhar Insurance
National Life

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ ८ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ३२ लाख रुपैयाँ बराबारको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लघुवित्तको आईपीओमा लगानीकार्ताले आज कार्यालय अवधि भित्रमा आवेदन दिन सक्नेछ ।

लघुवित्तले निष्काशन गरेको कुल निष्काशनको ०.५ प्रतिशतले हुने २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ र त्यसको ३३ प्रतिशत बराबरको आईपीओ जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीले केयर रेटिङ्गस नेपालबाट ‘केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्राप्त गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड गरेपछि कमपनीको पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्