Shikhar Insurance
National Life

‘निजी क्षेत्रलाई खलनायक करार गरियो तर, सबै समस्याको जड राष्ट्र बैंक हो’ अध्यक्ष शेखर गोल्छा

सिंहदरबार संवाददाता
२०७९ भाद्र ११, शनिबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकार र नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई खलनायक करार गरिएकाे गुनासो गरेका छन् । अर्थतन्त्रमा देखिएको विद्यमान समस्याको कारण निजी क्षेत्र देखाइएको भन्दै तर यसको वास्तविक कारक नेपाल राष्ट्र बैंक रहेको महासंघका अध्यक्ष गोल्छाले बताएका हुन् ।

उनले नेपाल समुन्द्रपार निकासी पैठारी संघ –एनएफटीए) को ४२ औं साधारणसभामा बोल्दै देशको आर्थिक सुचांक मुल्यांकन गरेर लगानी गर्ने काम निजी क्षेत्रको नभएको बताएका हुन् ।
‘हामी उद्योगको लगानी खर्च कम गर्न सक्छौं । आज आएको समस्या समाधान गर्न जरुरी छ । यो समस्या खलनायक निजी क्षेत्र होइन । धेरैपटक मैले सुन्ने गरेको छु, निजी क्षेत्रले धेरै आयात गर्यो जसले आज यो समस्या आएको हो । देशको शोधनान्तर कति छ ? बैंकिङ प्रणलीमा तरलता कति छ ? यो हेर्ने काम निजी क्षेत्रको होइन । यो हेर्ने काम नेपाल राष्ट्र बैंकको हो ।’– एफएनसीसीआईका अध्यक्ष गोल्छाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले समयमै देशको आर्थिक सुचांक मुल्यांकन ढुकुटीमा कतिसम्मको आयात धान्ने विदेशी मुद्रा छ लगायत विषयमा समयमै ध्यान नदिएको भएर आज शोधनान्तर र तरलता समस्याको बढेको उनले आरोप लगाए ।

‘जुनबेला रोक्नुपर्ने हो, त्यो बेला नरोकेर राष्ट्र बैंकले अवस्था बिग्रिसकेपछि रोक्दा यो समस्या आएको हो,’ उनले भने, ‘कति आयात गर्ने, कति धान्न सक्छौं, वाणिज्य मन्त्रालय वा राष्ट्र बैंकले हेर्नुपर्ने थियो, उहाँहरूले समयमा यो कुरा हेर्नुभएको भए अहिले यो समस्या आउने थिएन ।’

असार मसान्तसम्म सोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब पुगिसकेको र १४ अर्ब रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १३ प्रतिशतले घटेको भन्दै उनले उक्त समस्या समाधान गर्न दीर्घकालीन रूपमा उद्योगमा भ्यालु एडिसन गर्न जरुरी रहेको बताए ।

उद्योगमा लगानीका लागि कस्ट अफ डुइङ बिजनेस र इज अफ डुइङ बिजनेस घटाउन घटाउँदै अहिले आएको समस्या भविष्यमा आउन नदिन सबैले सचेत भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्