Shikhar Insurance
National Life

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर हुँदा भारतमा समेत निर्यात शुरू

सिंहदरबार संवाददाता
२०७९ भाद्र ११, शनिबार १३:४४
Hyundai
NCELL
NIMB

कञ्चनपुर । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर दुध र मासुमा आत्मनिर्भर हुँदै अन्य जिल्लामा निर्यात समेत गर्न थालेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लाबाट दुध र मासु निर्यात हुन थालेको जानकारी दिएको छ।

कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले जानकारी दिए । उनकाअनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कञ्चनपुरमा ४७ हजार एक सय पाँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । “कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ”, पशुचिकित्सक पाण्डेयले भने, “दोधारा चाँदनीको उत्पादन भारत जाने गरेको छ भने अन्य ठाउँको कैलाली जिल्ला जाने गरेको छ ।”

उनकाअनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो ।

“सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यावसायिक रुपमा लागे”, उनले भने, “अहिले किसानले घास खेती गर्न थालेका छन् यसकारण पनि दूध उत्पादन बढेको हो ।”

दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको डिडिसीले खरिद गर्ने गरेको उनले जानकारी दिए ।

माछा र अण्डा भने केही मात्रामा अन्य जिल्लाबाट ल्याउनुपरेको छ । ५ हजार एक सय ७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा एक हजार पाँच सय ७५ मेट्रिक टन मात्रै यहाँ उत्पादन हुने गरेको छ । कञ्चनपुरमा २४ हजार आठ सय ४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ ।

श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए । “भारतका व्यापारी दूध खरिदका लागि यही आउने गरेका छन केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्”, उनी भन्छन्, “गाईभैँसीपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रुपमा लागेका छन् ।”

उनले ४१ जनाको समूह बनाएर अहिले भैँसीपालन गरिरहेका छन् । “प्रधानमन्त्री कृषि परियोजनाबाट ७० लाख अनुदान पायौँ । त्यसले भैँसीपालनमा सहज भएको छ”, उनले भने, “हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालन गरेका छन् ।”

उनकाअनुसार दोधारा चाँदनीबाट मम, सेकुवाका लागि महेन्द्रनगर बजारमा खसीबोका लाने गरिन्छ । “यहाँ उत्पादन धेरै छ, खपत कम छ त्यसकारण किसान समस्यामा परेका छन्”, उहाँले भने, “बेरोजगारीको समस्या आएपछि पछिल्लो समय सबै व्यावसायिक कृषिमा लागे ।”

व्यावसायिक रुपमा भैँसीपालनमा लागेका बेदकोट नगरपालिका–७ का गणेश भट्टले दूध उतपादन प्रशस्त हुने भए पनि यहाँ खपत कम हुने गरेको बताए। “हामीले यहाँका डेरी र केही गाउँघरमा दूध दिने गरेका छौँ”, उनले, “यहाँ प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेको छ ।”

मण्डी व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष विशाल सुनारले यहाँ उत्पादन भएका बाख्रा, खसी काठमाडौँलगायत सहरमा जाने गरेको बताए । “बाहिरबाट आउने व्यवसायीले महँगोमा खरिद गरेर लग्छन् यहाँ सस्तोमा बिक्री हुन्छ”, उनले, “यहाँ किसानले राम्रो मुल्य नपाउने भएपछि अन्यत्र बिक्री गर्ने गरेका छन् ।” उहाँका अनुसार कुखुराको मासुमा कञ्चनपुर आत्मनिर्भर भए पनि ३० प्रतिशत अण्डा बाहिरबाट आउने गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्