Shikhar Insurance
National Life

शुक्रबार दोहोरो अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १४:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार आधा दिन मात्र कारोबार हुने दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको भएको हो । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको नेप्से निरन्तर दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार परिसूचक १६.९३ अंकले घटेर २,०२२ को विन्दुमा बन्द भएको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स पनि २.७७ अंकले घटेर ३९१.७४ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबारको कारोबारमा २१३ कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १० कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको ५ करोड ८७ लाख १३ हजार, अरुण काबेली पावरको ४ करोड ७४ लाख १९ हजार, राधि विद्युत कम्पनीको ४ करोड २८ लाख ४१ हजार र नेपाल टेलिकमको ३ करोड ९० लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

लाईफ इन्स्योरेन्स कर्पाेरेसनको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रो पावरको सेयर मूल्य ४.८८ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचक १२ वटा घटेको छ । लाईफ इन्स्योरेन्स समूह ०.३६ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्