काठमाडौं । नेकपा( एकीकृत समाजवादी) अर्घाखांची जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा केन्द्रीय सदस्य मोहन गौतमलाई सर्वसम्मत सिफारिस गरेको छ। बिहिवार बसेको जिल्ला कमिटी बैठकले गौतमलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । गौतम एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख स्वकीय सचिव छन । उनी यसअघि महेन्द्ररत्न क्याम्पस, ताहचलको स्ववियु सभापति तथा अनेरास्ववियुको केन्द्रिय सदस्य थिए । शान्त स्वभावका गौतमको सबैलाई रिझाउन सक्ने खुबी र ब्यवस्थापनको क्षमतालाई अब्बल मानिन्छ । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गौतमले पार्टी भित्र बौद्धिक छवि बनाएका छन् भने भूगोलका नागरिकलाई सहज पहुच दिने नेताको रुपमा स्थापित छन ।
प्रतिक्रिया दिनुहोस्