Shikhar Insurance
National Life

काठमाडौंको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइट चाहिँदैन, १० लाख बंगुर पालौं

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार २०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का नेता तथा पूर्व मन्त्री शेर बहादुर तामाङले काठमाडौं उपत्कायको फोहोर व्यवस्थापनको उपाय आफुसँग रहेको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्तममा उनले भने,‘हामीले फोहोरलाई अन्य दृष्टिकोणबाट हेर्नुपर्छ । ल्याण्डफिलमा डम्प गरेर गर्ने विधिलाई हामीले फोहोरको दीर्घकालिन समाधान मान्नुहुँदैन् ।’

उनले अब फोहोर व्यवस्थापनको लागि ‘नो ल्याण्डफिल साईट’ को अवधारणा अघि सारे । उनले भने,‘डम्पिङ साइटबिना पनि फोहोरको व्यवस्था हुन्छ । सबैभन्दा पहिले फोहोरको स्रोतको कटौती गर्नुपर्छ । भान्छामा आउनुभन्दा अघि नै फोहोरको स्रोत कटौती गर्नुपर्छ, फर्सीको मुन्टा किन्छौं । खाने सागभन्दा केलाईएको फोहोर धेरै हुन्छ । काउलीको पनि त्यस्तै छ । १२ सय देखि १३ सय मेट्रिक टन फोहोर त्यसरी जम्मा हुन्छ, अहिले हरेक भान्छाबाट ३० प्रतिशत खाना खेर गैरहेको छ । धेरैको घरमा फ्रिज छैन् । ३० प्रतिशत खाद्यान्न कटौती गरौं । काठमाडौंका हरेक घरमा हेरौं, कुहिने र नकुहिने फोहोरको कुरा पनि आएको छ, यो राम्रो कुरा हो । सेपरेशन गर्नुपर्छ । घरमा तीन वटा छुट्टाछुट्टै बाल्टी राख्दा हुन्छ । मेटल आईटम एक महिनामा उठाउँदा पनि हुन्छ । कागजजस्ता फोहोरपनि एक महिनामा उठाउँदा हुन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्दा करिब ६ सय मेट्रिक टन फोहोरमात्रै फाल्नुपर्ने हुने सुनाए । उनले भने,‘६ लाख केजी खाद्यान्नको फोहोर भनेको १ लाख २० बंगुरको आहार हो । त्यो त खाद्यान्न हो नि । देशभरिका नगरपालिकालाई यस्तो गर्न भनौं । यसो गर्न सकियो भने वर्षभरिमा १० लाख बंगुरको उत्पादन हुन्छ । यसले २० हजारको रोजगारी सिर्जना हुनेछ । काठमाडौं महानगरलाई यही फोहोर तह लगाउन केन्द्रीय सरकारको बजेट चाहिँदैन् । नेपालमा उत्पादन हुने लाखौं बंगुर चीन पठाउन सकिन्छ ।’

उनले बंगुर फार्म कहाँ सञ्चालन गर्न सकिन्छ भन्नेबारे पनि उपाय सुझाए । उनले भने,‘बंगुर फार्म, चोभारभनदा तलतिर बाग्मतीको किनारातिर पनि हुनसक्छ । फोहोरको कुरा गर्दा अहिले एकदमै अमानवीय व्यवहार गरेका छौं । सडकको किनारा, नदी किनारा फोहोर राख्ने ठाउँ होईन । काठमाडौंको फोहोर व्यवस्थापनको कुरा गर्दा प्रहरी लगाएर फोहोर फाल्ने काम राम्रो होईन ।’

उनले फोहोरमैला व्यवस्थास्पमा एमालेले राजनीति गर्यो भन्ने आरोप अस्विकार गरे । उनले फोहोरमा राजनीति कसैले पनि गर्न नहुने स्पष्ट पारे । उनले भने,‘जसले गर्दापनि हुन्छ, मैले भनेको विधिअनुसार एकचोटीलाई सफा गरौं । यसतर्फ महानगरपालिकाले सोचोस । साँझ ९ बजे नै फोहोर संकलन गरिसकौं । यो शहरलाई विश्वकै सुन्दर शहर बनाउनुपर्छ ।’

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्