Shikhar Insurance
National Life

बुवाको मुख हेर्ने दिन सानिमा बैंकको बिशेष छुट अफर

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेविट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्