Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकको भवन र ‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गराउँदै मेयर बालेन्द्र

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएका छन् । उनले गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने  भन्दै खाली गर्न निर्देशन दिएका हुन् ।

गौशाला  नयाँबानेश्वर क्षेत्रको अवलोकनपछि उनले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ । अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । यी दुवैलाई तत्काल हटाउन प्रमुख साहले निर्देशन दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्