Shikhar Insurance
National Life

५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन ९५ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै, बिहीबार तेजावी सुन पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोाल ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा आन्तर्राष्ट्रिय बजार मूल्यको आधामा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्