Shikhar Insurance
National Life

कुमारी बैंकको ऋणपत्र भदौ १७ गतेदेखि आउदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकको ऋणपत्र भदौ १७ गतेदेखि निष्काशन तथा बिक्र खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागेको हो । बैंकको सो ऋणपत्र १० वर्षका लागि रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब ३० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको कुल ऋण्पत्र निष्काशन मध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधाराणलाई बिक्री गर्नेछ यसमध्येबाट पनि ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानीकर्ताले न्यूनतम २५ कित्तादखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दि सक्नेछ । बैंकको सो ऋणपत्रमा छिटोमा भदौ २१ गतेसम्मका लागि आवेदन दिनुपर्नेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदा दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्