Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुबाट ३ दिनमै ८ अर्ब निक्षेप गायब, सीडी रेसियो बोर्डर लाइनमा पुग्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र ८, बुधबार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । भदौको ३ दिनमै वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुसँग गत साउन मसान्तसम्म कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । जुन भदौ ३ गतेसम्म आइपुग्दा ८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट ७ अर्ब स्वदेशी निक्षेप र १ अर्ब विदेशी मुद्राको निक्षेप बाहिरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मौज्दात निक्षेप दैनिक रुपमा अर्ब बढीले बाहिरिएपनि सो अवधिमा वाणिज्य बैंकहरुले नयाँ कर्जा भने विस्तार गरिरहेका छन् । भदौको ३ दिनमा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका हुन् । संघको तथ्यांक अनुसार गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन भदौको ३ गते आइपुग्दा ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन र कर्जा प्रवाहको संतुलन नमिल्दा वाणिज्य बैंकहरको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) समेत बढ्दै गएको छ । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८८.०७ प्रतिशत कायम थियो । जुन भदौको ३ गते आइपुग्दा ८८.४७ प्रतिशत पुगेको संकको तथ्यांकले देखाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्