Shikhar Insurance
National Life

तिजको दर खाने सय जना बिरामीः अधिकांशलाई पेट दुख्ने, वान्ता, जरो र पखाला लाग्ने समस्या

सिंहदरबार संवाददाता
२०७९ भाद्र ८, बुधबार ११:५२
Hyundai
NCELL
NIMB

गोरखा । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।

कृष्ण जन्माष्टमीको दिन तिजको दर भन्दै भोज खाएका अघिकांश बिरामी परेको मान्द्रेढुङ्गाका वडाध्यक्ष विष्णु श्रेष्ठले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले जानकारी दिए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए ।

बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले बताईन् । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले् जानकारी दिइन्।

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उनले भनिन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्