Shikhar Insurance
National Life

नेपाली युवालाई चार बर्ष भारतीय सेनामा जागिर खुवाउने अग्निपथ योजनामा पठाउन भारतीय दबाव

सिंहदरबार संवाददाता
२०७९ भाद्र ८, बुधबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय सेनामा चार वर्ष जागिर खाने गरि अघि सारिएको अग्निपथ योजनामा नेपाली युवाहरुलाई भर्ति गराउन भारत सरकारले नेपालसँग अनुमति मागेको छ । भारत सरकारले चार वर्ष सेनाको जागिर खाने गरि बुटवलमा २५ अगष्टरदेखि ७ सेप्टेम्बरसम्म र धरानमा १९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म छनौट परिक्षा सञ्चालनका लागि नेपाल सरकारसँग अनुमति मागेको थियो ।

तर नेपालले भने अझै पनि अनुमति दिईसकेको छैन् । बीबीसी हिन्दीका अनुसार नेपालमा निर्वाचन मुखमै रहेको र त्यस्तो भर्ति प्रक्रियाले सत्ता गठबन्धनको जनमतमा प्रभाव पार्न सक्ने अवस्था प्रति सरकार सचेत देखिन्छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. अरुण कुमार सुवेदीले सन १९४७ को सन्धि अनुसार नेपाली युवाहरुलाई भारतीय सेनामा जागिर खान कुनै समस्या छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अग्निपथ योजनामा नेपाली युवाहरुलाई पठाउन नेपाल सरकार तयार छ । तर चार वर्ष सेनाको जागिर खाएर फर्कने युवाहरुले त्यस्तो जागिर र तालिमबाट प्राप्त सेन्य कौशलताको दुरुपयोग गर्न सक्ने तर्फ भने सरकार सचेत रहेको उनले डा. सुवेदीले बीबीसी हिन्दी सेवालाई बताएका छन् । माओवादी केन्द्रका अध्यक्षले अग्निथप योजनामा नेपाली युवालाई पठाउन नहुने पक्षमा आफुलाई उभ्याएका छन् ।

सत्ता गठबन्धन भित्र अग्निपथ योजनामा नेपाली युवाहरुलाई पठाउन नहुने मत बलियो बन्दै गएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्