काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका एक लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ र त्यसको ३३ प्रतिशत बराबरको आईपीओ जारी गरेको हो ।
कुल निष्काशनको ०.५ प्रतिशतले हुने २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा छिटोमा भदौ १२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्छन् ।
कम्पनीले केयर रेटिङ्गस नेपालबाट ‘केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्राप्त गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ जारी गरेपछि कमपनीको पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्