काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्किङ क्यापिटल लोनमा कडाई गरेको छ । अब वर्किङ क्यापिटल लोन बढीमा दुई करोड रुपैयाँसम्म मात्रै लिन पाइनेछ ।
त्यस्तो ऋणको अवधी पनि एक वर्षको मात्रै हुनेछ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले सम्बन्धीत कम्पनीको करोबार र पुँजीको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म वर्किङ क्यापिटल लोन दिँदै आएका थिए । त्यस्तो अवधी लोनको अवधी पनि पाँचसम्मको हुन्थ्यो ।
तर अब भने कम्पनीको पुँजी र कारोबारको अधितम २५ प्रतिशतसम्म मात्रै दिन सक्नेछन् । वर्किङ क्यापिटल लोन प्राप्त गर्नका लागि पनि कम्पनी सञ्चालनमा आएको पाँच वर्ष पुरा भएको र ३ वर्षको लेखा परिक्षण भएको हुनुपर्ने नियम पनि आएको छ ।
वर्किङ क्यापिटल लोन लिने कम्पनीहरुले उदेश्य अनुसार सो रकम उपयोग नगरि अन्यत्र खर्च तथा लगानी गरेमा त्यस्तो ऋणलाई खराब कर्जामा गणना गरि शत प्रतिशत प्रोभिजन गराउने नियम पनि राष्ट्र बैंकले अघि सारेको छ ।
अन्य बैंक तथा वित्तिय संस्थाहरुबाट एक करोड रुपैयाँ भन्दा बढी ऋण लिएका ऋणीहरुले सञ्चालन गरेको कम्पनीले वर्किङ क्यापिटल लोन लिनका लागि सम्बन्धीत बैंक तथा वित्तिय संस्थाबाट नो अब्जेक्शन लेटर समेत ल्याएर बुझाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्