Shikhar Insurance
National Life

एक महिनामै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा, १०२ देशसँग व्यापार गर्दा ८४ वटासँग घाटा

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुकले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमै मुलकलाई १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बढी व्यापार घाटा ब्याहोर्नु परेको छ । आयात र निर्यातमा ठुलो अन्तर हुँदा मुलुकलाई महिना दिनमै खर्ब बढी व्यापार घाटा लागेको हो ।

भन्सार विभिागद्वारा सार्वजनिक चालु आवको पहिलो महिनाको अन्तराष्ट्रिय व्यापारको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट कुल १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । भने, सो अवधिमा भारत, चीन लगायत अन्य तेस्रो मुलुकबाट १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात वृद्धि गर्ने नीति लिएको भएपनि गत आवको साउन महिनाको तुलनामा निर्यात २८.६८ प्रतिशतले घटेको छ । गत आवको साउन महिनामा नेपालबाट २० अर्ब ७६ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा निर्यात भएको थियो ।

यस्तै, गत आवको साउन महिनाको तुलनामा आयात पनि १२.९० प्रतिशतले घटेको विभागको तथ्यांकले देखाएको छ । गत आवको साउनमा नेपालमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको थियो ।

१०२ देशसँग व्यापार गर्दा ८४ वटासँग घाटा
चालु आवको साउन मसान्तसम्म नेपाल १ सय २ वटा देशसँग अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमध्ये १७ वटा देशसँगमात्रै व्यापारमा फाइदा लिन सकेको छ भने ८४ वटा देशसँग १ लाख रुपैयाँदेखि ६७ अर्ब ९४ करोड रुपैयाँ बढीले व्यापार घाटा ब्याहोरेको छ ।

जसमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ भने सबैभन्दा थोरै जमैकासँग छ । नेपालले गत साउन महिनामा भारतमा १० अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्दा ७८ अर्ब ६५ करोड रुपैयाँ बढीको आयात गरेको छ । साथै, जमैकाबाट १ लाख २ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा निर्यात भने शुन्य गरेको छ ।

सो अवधिमा नेपालले चीनतर्फ १८ अर्ब ७० करोड र इन्डोनेसियातर्फ ४ अर्ब ९४ करोड रुपैयाँ बढी व्यापार घाटा ब्याहोरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्