Shikhar Insurance
National Life

प्रदेश पस्यो सामाजिक सुरक्षा कोष, बिराटनगर र सिमरामा शाखा कार्यालय

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सामाजिक सुरक्षा कोष प्रदेशस्तरमा विस्तार भएको छ । कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार बोर्डले प्रदेश १ र मधेश प्रदेशमा शाखा कार्यालय स्थापना गरेको हो । ठूला औद्योगीक क्षेत्र रहेका एक नम्बर र मधेश प्रदेशमा भदौ ८ गते बुधबार श्रम, रोजगाार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले शाखा कार्यालय उद्घाटन गर्दैछन् । प्रदेश शाखा कार्यालयमा उद्योग बाणिज्य संघ, चेम्बर, सिएनआई र ट्रेड युनियनका नेताहरुको उपस्थितिमा कार्यक्रम हुनेछ भने केन्द्रबाट मन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गरि शुभकामना मन्तव्य राख्नेछन् ।

दुबै शाखा कार्यालयका लागि उप सचिव स्तरका कर्मचारीको नेतृत्वमा ६ जनाको दरबन्दी स्वीकृत भएर सोही अनुसारको जनशक्ति घटाईसकिएको पनि कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । उनले सामाजिक सुरक्षा कोषलाई प्रदेशस्तरमा विस्तार गरेर बढि भन्दा बढि औद्योगीक श्रमिक तथा कामदारहरुलाई कोषमा आवद्ध गराई आर्थिक संकटका बेलामा पनि आम्दानीको सुनिश्चितता गराउने योजना बनेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सामाजिक सुरक्षा कोषले सातै प्रदेशमा शाखा विस्तार गरि औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमिक तथा कामदारहरुलाई कोषमा समेट्ने अभियान सुरु गरेको पनि उनले बताए । वर्तमान श्रम मन्त्रीको सकारात्मक सोँचका कारण कोषलाई काम गर्न थप सहज भैरहेको पनि उनले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्