Shikhar Insurance
National Life

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुट

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले तीजलाई लक्षित गर्दै लकर सेवा शूल्कमा विषेश छुटहरुको योजना सार्वजनिक गरेको छ । बैंकले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो । बैंकले विगत ५ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको छ ।

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०५ र लकर कि डिपोजिटमा ५०५ सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहाकहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।साथै, बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् । यस सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्