Shikhar Insurance
National Life

निक्षेपकर्तालाई दश गुणासम्म पैसा फिर्ता दिने नबिल बैंकको घोषणा

आकर्षक ब्याजदर सहितको “नबिल ढुक्क मुद्धती खाता”
सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले दश गुणासम्म रकम प्राप्त गर्न सकिने मुद्धती खाता योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको हो ।

“नबिल ढुक्क मुद्धती खाता” अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिने बैंकले जनाएको छ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

त्यसैगरि विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्