Shikhar Insurance
National Life

सहरी विकास र कृषि मन्त्रालयलमा ५ सय ८४ अधिकृत माग हुँदै, चाँडै दरबन्दी खुलाइने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १७:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सहरी विकास र कृषि तथा पुशपन्छी विकास मन्त्रालय गरी सरकारले एकै पटक ५ सय ८४ जना अधिकृतका लागि दरबन्दी खुलाउने भएको छ । सहरी विकास मन्त्रालयमा ३ सय ८० र कृषि तथा पुशपन्छी विकास मन्त्रालयमा२ सय ४ गरी कुल ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दीमा राखिने भएको हो ।

जसका लागि मन्त्रिपरिषद् बैठकले अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथाा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनका अनुसार सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी आर्थिक वर्ष ०७९/८० का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका कर्मचरीको दरबन्दी थप गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा ‘युनाइटेड नेसन्स मल्टीडाइमेनसनल इन्टीग्रेटेड स्टयाबीलाईजेसन मिसन इन माली’ मामा सशस्त्र प्रहरी बल, नेपालका एक सय ४० जना ‘फर्मड पुलिस युनिट’ परिचालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्