Shikhar Insurance
National Life

झिनो अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १७:००
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बिगत १० दिनदेखि सेयर बजार २ हजारकै लेभलमा कारोबार भईरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १.८५ अंकले बढेर २,०५४.९८ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.५८ अंकले बढेर ३९७.६९ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको ७१ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको घटेको छ । भने, ११२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, रिडी पावर कम्पनीको ७ करोड ६५ लाख ९७ हजार, अपि पावर कम्पनीको ५ करोड ४५ लाख १० हजार, शिवम् सिमेन्टको ४ करोड ३७ लाख ५४ हजार र एनआईसी एशिया लघुवित्तको ४ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो । सो दिन सिद्धर्थ इक्युटि फण्डका लगानीकर्ताहरुले सेयर मूल्य ६.८८ प्रतिशतले गुमायका छन् ।

समूहगत उपसूचकहरु ६ वटा बढेका छन् । मंगलबार उत्पादनमुलक क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्