Shikhar Insurance
National Life

सरकारी कर्मचारीको तलब बढ्दै, उच्चस्तरीय तलब सुविधा आयोग गठन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा सो आयोग गठन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्चस्तरीय पारिश्रमिक एवम सुविधा पुनरावलोकनका लागि तलव सुविधा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले बालाजु–त्रिशूली सडक खण्डको (मुड्खु–तिनपिप्ले) ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्