Shikhar Insurance
National Life

हिमालयन बैंकको ऋणपत्र भदौ १५ देखि निष्काशन हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकको ऋणपत्र भदौ १५ गतेदखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले ७ वर्ष अवधिका लागि ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’  निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले निष्काशन गर्न लागेको ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि र बाँकी रहेको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले सवैसाधारणका लागि निष्काशन गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ५० हजारु कित्ता ऋणपत्र सामूहि लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको सो ऋणपत्रका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले छिटोमा भदौ १९ गतेसम्म अवेदन दिनुपर्नेछ । सो अवधिसम्मा प्रर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गते सम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्