Shikhar Insurance
National Life

दोबामा बालीको मूल्य र विभेद नगरी ज्याला निर्धारण

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार ११:३५
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेलामार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडासचिव मनकुमार गर्बुजाले वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिए ।

बालीको मूल्य र कामदारको ज्यालामा एकरुपता कायम गर्न भेलामार्फत निर्धारण गरिएको हो । हरेक वर्ष गाउँका अगुवाको भेला गरेर मूल्य र ज्याला निर्धारण गर्ने गरिएको छ । कोदो २ सय ५०, मकै १ सय ७०, फापर ३ सय, सिमी तथा अन्य गेडागुडी ७ सय, भटमास ६ सय, आलु १ सय ८० प्रतिपाथीका दरले मूल्य निर्धारण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दूध, दही, मोही, भैँसी र गाईको घ्यू, घर–भिर मह, रक्सी र जाँडको पनि मूल्य तोकिएको छ । यसैगरी बाउसे, दाउरा काट्ने र बोक्नेलाई ७ सय, डकर्मी ७ सय ५०, सिकर्मी ९ सय, गोरु हलीसहित सबै १ हजार ५००, प्लास्टर तथा ढलान ८ सय प्रतिव्यक्ति, प्रतिदिन खाजासहितको ज्याला कायम गरिएको छ ।

यसैगरी मेसिनमार्फत दाउरा र घाँस काट्ने ७ सय, मिनीट्रिलरमार्फत खेत जोत्ने ७ सय ५० प्रतिघण्टा, मेसिनमार्फत काठ काटेको १८, जङ्गे आरामार्फत छ फुटसम्म काठ काटेको २१ र छ फुटभन्दा बढी काठ काटेको प्रतिइन्च २४ मूल्य तोकिएको वडा कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । करिब ३ सय घरधुरीको बसोबास रहेको दोवामा हरेक वर्ष गाउँसभा बस्ने गर्छ । महिला र पुरुषलाई विभेद नगरी ज्याला निर्धारण गरिएको वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्