काठमाडौं । वैदेशि रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा.द्धारिका उप्रेति नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. उप्रेतिलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । डा. उप्रेतिले प्रतिष्पर्धीहरु निर्मलकुमार उप्रेती र युवराज बस्नेतलाई पछि पार्दै कार्यकारी निर्देशकको पद हात पारेका हुन् ।
मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि जेठ २० गते सूचना प्रकाशित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्