Shikhar Insurance
National Life

मिटर ब्याजीको तमसुक ससुरालीमा लुकाउथे अनुरुद

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार १७:३३
Hyundai
NCELL
NIMB

 

जलेश्वर । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाख रूपैयाँभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार रूपैयाँ ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३ सय ५० रुपैयाँको ९ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको ९ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको हो ।उनले ५० हजारका ९ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।

यसैगरी निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले ४२ लाख ९२ हजार १ सय ९० बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले १ लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सो मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ । मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै साह बिरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्