Shikhar Insurance
National Life

कारोबारको दोस्रो दिन पनि घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ७.३८ अंकले २०५३.१६ को विन्दुमा झरेको हो । ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.४७ अंकले घटेर ३९७.११ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २२२ कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको ४७ कम्पनीको सेयर मूल्य घटेको छ । १२४ कम्पनीको बढेको छ ।भने, १६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सबैभदा बढी कारोबार भएको छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ५० लाख ३५ हजार, प्रईम बैंकको ८ करोड ४० लाख, शिवम सिमेन्टको ५ करोड ५३ लाख २२ हजार र अपि पावर कम्पनीको ५ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

समूहगत उपसूचक १२ वटा घटेको छ भने, सो दिन म्युचुअल फण्डमा लगानीकर्ताहरुको आर्कषण देखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्