Shikhar Insurance
National Life

बरुण हाइड्रोपावरको हकप्रद सेयर निष्काशन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बरारबको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले सो हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि साउन २ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । कम्पनीको सेयरमा साउन १ गतेसम्म नेप्सेमा सूचिकृत भई कायम कम्पनीको सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रहेको छ । भने कम्पनीले हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको उक्त हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्