Shikhar Insurance
National Life

एक्सेलको ९.०५ प्रतिशत ब्याज दिने समृद्धि बचत खाता

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १९:१५
Hyundai
NCELL
NIMB

झापा ।एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले “एक्सेल समृद्घि बचत खाता” संचालनमा ल्याएको छ । यस बचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्घि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

“तपाईको स्थानीय साझेदार” को नारा लिएको यस बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध
गराउने छ । जस अन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक , अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १०
वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् ।

झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिंङ्ग सेवा प्रदान गर्दै आएको छ । नगद रहित कारोवारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, आरटीजीएस, कर्पाेरेट पे, क्युआर जस्ता सुबिधाहरु समेत उपलब्ध गराउदै आएको छ । साथै १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पु¥याई नेपाल राष्ट्र बैंक गरी सकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्