काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै वाणिज्य बैंकहरुबाट १ खर्ब २१ अर्ब रुपैयाँ बढी निक्षेप बाहिरिएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ वटाबाट साउन महिनामा साे परिमाणमा निक्षेप बाहिरिएको हो । बाँकी ३ वटा वाणिज्य बैंकले मात्रै साउन महिनामा १३ अर्ब ८० करोड रुपैयाँ निक्षेप थप गरेका हुन् ।
गत आवको असार मसान्तसम्म सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले कुल ४४ खर्ब ३३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउनको मसान्तसम्म आइपुग्दा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँले घटेर ४४ खर्ब ३३ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जसमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये साउन महिनामा २३ वटा बैंकबाट १ करोड रुपैयाँदेखि १५ अर्ब ३१ करोड रुपैयाँसम्म गरी कुल १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ निक्षेप बाहिरिँदा ३ वटा बैंकले मात्रै कुल १३ अर्ब ८० करोड रुपैयाँ निक्षेप थप गरेका हुन् ।
निक्षेप थप गर्ने बैंकभन्दा घटाउने बैंकभएपछि कुल वाणिज्य बैंकहरुको कुल निक्षेप खर्ब बढीले घटेको हो । जसमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकबाट र सबैभन्दा थोरै नेपाल इन्भेष्टमेन्ट बैंकबो निक्षेप बाहिरिएको हो ।
असार मसान्तमा संकलित निक्षेपमा साउन मसान्तमा एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंकलेमात्र थप गर्न सकेका छन् । साउन महिना एनआइसी एशियाको १० अर्ब १५ करोड रुपैयाँले थप भएर ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ, नेपाल एसबिआएईको १ अर्ब ९७ करोड रुपैयाँले थप भएर १ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ र स्टयाण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ६८ अर्ब रुपैयाँले थप भएर १ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ कुल निक्षेम कायम भएको हो ।
निक्षेप घट्ने बैंकहरुः
२३ वटा वाणिज्य बैंकको गत असार मसान्तसम्म कुल ४० खर्ब २४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन साचउन मसान्तमा आइपुग्दा १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँले घटेर ३९ खर्ब ३ अर्ब ३९ करोड रुपैयँमा सीमित भएको हो । सो अवधिमा ४ वटा बैंककको १० अर्ब रुपैयाँभन्दा बढी, ४ वटाको ५ अर्ब बढी १० अर्बसम्म, ११ वटाको १ अर्बभन्दा बढी ५ अर्ब रुपैयाँसम्म र ५ वटाले १ अर्ब रुपैयाँभन्दा कमले निक्षेप घटेको हो ।
असार मसान्तसम्म मौज्दात निक्षेप साउन महिना सबैभन्दा बढी बढ्नेको पहिलो सूचमिा राष्ट्रिय वाणिज्य बैंक हुँदा दोस्रोमा प्रभु बैंक, तेस्रोमा एनसीसी बैंक र चौथोमा नेपाल बैंक रहेको छ । असार मसान्तसम्म मौज्दात निक्षेपमा साउन मसान्तमा आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको कुल १५ अर्ब ३१ करोड रुपैयाँ, प्रभुको १२ अर्ब २९ करोड, एनसीसीको १० अर्ब ९८ करोड र नेपाल बैंकको १० अर्ब ९१ करोड रुपैयाँले निक्षेप घटेको हो । साथै, कुमारी बैंकको ९ अर्ब ३६ करोड, कृषि विकास बैंकको ७ अर्ब ३० करोड, ग्लोबल आइएमईको ५ अर्ब ५८ करोड र एनएमबि बैंकको ५ अर्ब ३९ करोड रुपैयाँले घटेको हो ।
अन्य बैंकको कतिले घट्यो ? (रकम रु. अर्बमा)
प्रतिक्रिया दिनुहोस्