Shikhar Insurance
National Life

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपिओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गरेको कुल आईपीओको २ प्रतिशत अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले आईपीओ आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि अहिले सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्