Shikhar Insurance
National Life

सिक्लेस हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ६ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन ताथ बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जारी पूँजीको ८५ करोड रुपैयाँको १० प्रतिशत हुन आउने अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाँउपालिका वडा नं. १, २, र ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्